सुनसरी: नेकपाका स्थायी कमिटि सदस्य योगेश भट्टराईले पुष महिना भित्रमा नेकपाका सबै कमिटिको एकिकरण भईसक्ने वताएका छन् ।
नेकपा इटहरीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता भट्टरार्ईले पुष महिना एकताको महिना हुने र माघदेखि पार्टी दौडने दाबी गरे । उनले स्थायी कमिटि बैठक पछि चाडै जिल्ला कमिटिहरु बन्ने उल्लेख गर्दै मापदण्ड वनाएर एकिकरण गर्नुपर्नेमा जोडदिए ।
नेता भट्टराईले नेपाल कम्युनिष्ट आन्दोलनका लागि अत्यन्तै उर्वर भूमि भएको पनि धारणा व्यक्त गरे । कम्युनिष्ट पार्टीको नाममा चुनावबाट यति धेरै मत ल्याएर विजयी भएको विश्वको कुनै देश नरहेको दावी गरे । इतिहासले देशलाई ज्यादै ठूलो अवसर दिएको भन्दै उनले सही बाटो रोज्न नेतृत्वलाई आग्रह पनि गरे । उनले पार्टी एकता भएको समयको मनोविज्ञानलाई कसैले भूल्न नहुने पनि बताए ।
कम्युनिष्ट सरकारले अन्तराष्ट्रिय सम्वन्धलाई सन्तुलनमा ल्याएको जिकिर गर्दै नेता भटराईले चीनसँग भएको यातायात तथा पारवहन सम्झौता देशका लागि ऐृतिहासिक सम्झौता भएको दाबी गरे । पार्टी एकिकरण प्रक्रिया ढिलो हुदा सरकारले गरेका राम्रा कामहरु ओझेलमा परेको पनि उनको भनाई थियो । “समयमै वैठकहरु वसेका भए असन्तुष्ठिहरु पनि वाहिर आउने थिएनन,”उनले भने ।
दुई अलग अलग स्कुलिङवाट आएका पार्टी एकिकरण हुन केहि समय लागेको वताउदै ढिलो भयो भनेर आत्तिइहाल्नुपर्ने अवस्था भने नरहेको बताए । साविक नेकपा एमाले इटहरी नगरअध्यक्ष रेवती घिमिरेले मेचीकाली अभियानका वेला महेश्वर कार्कीले २०७३ फागुन २३ गते राजविराजमा खिचेको फोटो मायाको चिनो प्रदान गरेका थिए ।








































































