सुनसरी: इटहरीको ब्यस्त बजारमा बुधबार दिउँसो लागेको आगलागीबाट ४ करोड बढीको क्षति पुगेको छ ।

दुई घण्टाभन्दा बढी समय लगाएर नियन्त्रणमा आएको आगलागीबाट ४ करोड बढी क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार इलेक्ट्रिक सर्ट भएर आगलागी शुरु भएको अनुमान गरिएको छ । आगो नियन्त्रण गर्न इटहरी, धरान, इनरुवा, दुहबीलगायतका ५ वटा दमकल प्रयोग भएको थियो ।

यस्तै प्रहरी, सशस्त्र, सेना र सर्वसाधारण जनताले पनि आगलागी नियन्त्रणमा मद्दत गरेका थिए । आगलागीबाट वडा ६ की रेखा पराजुली र गणेश लुइँटेलको घर क्षति पुगेको छ । इलेक्ट्रिक पसलको गोदाम, विभिन्न कार्यालयलगायतमा पनि ठुलो क्षति पुगेको प्रहरीले जनाएको छ ।