धरानः सुकुम्वासी आन्दोलनकारीले भोली बिहीबार मेची महाकाली यातायात बन्दको आव्हान गरेको बस्ती रक्षा आन्दोलन परिचालन समितिले जनाएको छ ।
समितिले बन्दको पूर्व सन्ध्या आज बुधवार साँझ धरानमा राँके जुलुस प्रदर्शन गरेको छ । पुरानो अस्पताल छाता चोकबाट सुरु भएको राँके जुलुस बजार परिक्रमा गर्दै भानु चोक पुगेको थियो । 
जुलुसलाई सुरुमै प्रहरीले रोक्ने प्रयास गरेको थियो । प्रहरीको दबाबका बिच चारैतिरबाट भानु चोकमा केन्द्रित भएको जुलुसलाई देशी लाइनमा प्रहरीले अवरोध गरेपछि केही बेर तनावको अवस्था सिर्जना भयो । 
प्रदर्शनकारी र प्रहरीबिच धकेला धकेल हुँदा हात हालाहालको स्थिति बनेको थियो । केही समयपछि अवस्था सामान्य बनेपछि प्रदर्शनकारीहरूले मानव साङ्लो बनाएर कोणसभा गरेका थिए ।
प्रदर्शनमा सहभागीहरूले सुकुम्वासी बस्तीमाथि दमन नगर्न, वैकल्पिक व्यवस्थाविना हटाउन नखोज्न तथा नागरिकको आवास अधिकार सुनिश्चित गर्न माग गरेका थिए ।
rake-julus-1
rake-julish-1