धरान : धरान–१० का २७ वर्षीय जीवन भुजेललाई छुरा प्रहार गरी हत्यामा गरेको अभियोगमा प्रहरीले धरान–१९ का २८ वर्षीय जिमी भन्ने अर्जुन बिकलाई पक्राउ गरेको छ । 
हिजो आइतवार दिउँसो आपसी झगडामा विकले छुरा प्रहार गर्दा भूजेल गम्भीर घाइते भएका थिए । उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  
घटना लगत्तै फरार बिकलाई मोरङको बेलबारी–११ बाट लुकीछिपी बसेको अवस्थामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले पक्राउ गरेको हो । 
हत्या आरोपमा पक्राउ परेका बिकको इलाका प्रहरी कार्यालय धरानबाट आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको
छ ।