उत्तर कोरियाली अधिकारीहरूले महिलामाथि चरम यौन दुर्व्यवहार गर्ने गरेको एक प्रतिवेदनले जनाएको छ । मानवअधिकारवादी समूह ह्युमन राइट वाच (एचआरडब्लू) ले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उत्तर कोरियाली महिलामाथिको दुर्व्यवहार सामान्य जीवनको एउटा अंश बनेको जनाएको छ । केही अधिकारीहरूलाई यौन दुर्व्यवहारको छुट दिइएको समेत वाचले निष्कर्ष निकालेको छ ।देश छोडेर अन्य स्थानमा बसोवास गरेका ६२ उत्तर कोरियालीहरूसँग गरेको अन्तर्वार्ताबाट वाचले सो निष्कर्ष निकालेको हो । शक्तिमा रहेका पुरुषले महिलामाथि अकल्पनीय रूपमा दुर्व्यवहार गरेको जनाइएको छ ।

नयाँ पत्रिकाबाट साभार गरिएको