धरान : धरान प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई दुई फरक –फरक स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुुटा शहिदभुमी गाउँपालिका १ का ५७ वर्षिय डिकबहादुर राई, धरान–१२ का ४५ वर्षिय माधव प्रसाद घिमिरे र धरान–६ का पञ्चराम राई रहेको प्रहरीले जनाएको हो । पक्राउ परेका धनकुटाका डिकबहादुर र माधबलाई मंगलबार दिउँसो धरान–१२ स्थित गिता मन्दिर छेउबाट १ केजी ६ सय ग्राम लागूऔषध गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

त्यसैगरी, मंगलबारै दिउसो १ बजे धरान–६ का पञ्चरामलाई २ सय ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाँजाको कारोबार हुदैंछ भन्ने सुचनाका आधारमा पानवारी प्रहरी चौकीको टोलीले पञ्चरामको घरमा खानतलासी गर्ने क्रममा उक्त परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको इप्रका धरानले जनाएको छ । पक्राउ परेका तीनै जनालाई लागूऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको इप्रका धरानका प्रहरी निरीषक अशोक जबेगूले बताए ।