धरान: मुलुकको नयाँ संरचना अनुसार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समायोजन तथा प्रदेशसभा क्षेत्रीय समिति गठन शुरु गरेको छ ।

सोमबार क्षेत्र नं १ बाट कांग्रेस जिल्ला समितिले समिति समायोजन तथा गठन थालनी गरेको हो । सोमबार धरान १८ स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा क्षेत्र नं १ र ६ लाई समायोजन गरेको हो ।समायोजन भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को सभापतिमा सुरेशमान श्रेष्ठ चयन भएका छन् । कुल ३० सदस्यीय समितिको उपसभापतिमा धनबहादुर कटवाल र अर्जुन भण्डारी रहेका छन् भने सचिवमा मुरारी भटराई, रमेश काफ्ले र महेन्द्र प्रधान रहेका छन् ।

यस्तै, कोषाध्यक्षमा सागर प्रसाई र सहसचिवमा प्रेमकुमार राई रहेका छन् । सदस्यहरुमा प्रदेशसभा निर्वाचन क्षेत्र क र ख मा रहेका सदस्यहरु नै प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिमा रहने कांग्रेस जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र तामाङले जानकारी दिए । उनका अनुसार कांग्रेस जिल्ला सभापति राजिव कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति क र ख पनि गठन भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति १ को क मा धनबहादुर कटवाल सभापति रहने गरी समिति गठन भएको छ । समितिको सचिवमा महेन्द्र प्रधान र कोषाध्यक्षमा सागर प्रसाई चयन भएका छन् । यसैगरि, सदस्यहरुमा मुकेश थापा, ललिता अधिकारी, सपना राई, मनिता घिमिरे, भोजराज न्यौपाने, रत्न रिमाल, राजेशमान श्रेष्ठ, प्रभाव खतिवडा, प्रताप भटराई, युनेश रानामगर र माधवगोविन्द श्रेष्ठ चयन भएका छन् ।

sureshman-sth

यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति ख मा अर्जुन भण्डारी सभापति रहने गरी समिति गठन भएको छ । समितिको सचिवमा मुरारी भटराई र रमेश काफ्ले छन् भने सहसचिवमा प्रेमकुमार राई छन् । यसैगरि, सदस्यहहरुमा नरेन्द्रकुमार राई(प्रविण), चित्रकुमारी राई, नारद राई, जानकी चौधरी, रोहित सुब्बा, सन्तोष साह, दिनानाथ पौडेल, भगवती खड्का, राजन तामाङ, चुडामणी तामाङ र लक्ष्मी मालाकार चयन भएका छन् ।

समिति समायोजन तथा गठन कार्यक्रममा कांग्रेस जिल्ला सभापति राजिव कोइराला, सचिव केदार भण्डारी, दोस्रो जागरण सभाको केन्द्रीय प्रतिनिधि आनन्द सन्तोषी राई, तत्कालीन क्षेत्र नं ६ का क्षेत्रीयसभापति उपेन्द्र कटवाल, डेमोक्रेटिक लयर एशोसिएशन सुनसरी सभापति एवं र्निवाचन प्रतिनिधि मणि दुलाल, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । सुनसरीका ४ वटा निर्वाचन क्षेत्रमा असोज ३० गतेसम्म प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा समायोजन र प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति गठन गरिसक्ने कांग्रेस जिल्ला सचिव तामाङले जानकारी दिए ।