धरान : नेपाली कांग्रेस मोरङ्गका युवा नेता समेत रहेका उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले देशमा रहेकाआदिवासि जनजाति, दलित, सिमान्कृत, लोपोन्मुख जातिलाई अधिकार दिने पार्टी नेपाली कांग्रेस रहेको दाबि गरेका छन ।

देशमा रहेका सबै भाषी, धर्म, लिङ्गको अधिकारलाई सुनिश्चित गर्न कांग्रेसका नेताहरुको योगदान अरु पार्टीका भन्दा एकसय गुणा बढि रहेको समेत उनले बताए । धरान-५ को पानवारीमा आयोजित नेपाली कांग्रेसले आयोजना गरेको चुनावी कोणसभामा बोल्दै नेता फागोले २०१५ सालको पहिलो जननिर्वाचित बिपि कोइरालाको सरकारमा गणेशमान सिंह, महेन्द्र नारायण निधि जस्ता नेताहरुलाई मन्त्री बनाएर आदिबासी जनजातिहरुलाई सम्मान गरेको उनले तर्क गरे । बर्तमान नेपाली कांग्रेसको केन्द्रीय समितिमा दुई उपसभापति तराई मुलका र कोषाध्यक्ष पनि जनजाति महिला रहेको बताए । आदिबासि जनजाति र नेपाली काग्रेसका बिच गहिरो प्रेम समेत रहेको बताए ।

आफ्नै उदाहरण दिदै उनले भने म एउटा लिम्बुको छोरालाई नेपाली कांग्रेसले उर्लाबारी नगरपालिकाको मेयर बनाएको छ । यो पनि एउटा काग्रेसले आदिबासीप्रति देखाएको सद्भाव हो । कांग्रेसले नै नेपालको पहिलो राष्ट्रपतीको रुपमा आदिबासीको छोरा रामवरण यादाव दियो । धरानमा नेपाली कांग्रेसले मिना सुब्बालाई संघिय सांसद र चन्द्र प्रसाद श्रेष्ठलाई प्रदेश सांसद बनाएर जनजातिलाई सम्मान गरेको छ । उनले भने धरानकै मीन विश्वकर्मालाई पार्टीले केन्द्रीय सदस्य बनाएर संसद र मन्त्री समेत बनाएर दलितलाई सम्मान गरेको छ । तर नेपाल कम्युनिस्ट पार्टीले संविधान आदीबासी जनजातिलाई दिएको समाबेसी सामानुपातिक कोटालाई असमान लोकसेवा बिधेयक ल्याएर कटौती गरेको समेत बताए । त्यहि भएर उनले धरानबासीलाई कांग्रेसले उम्मेदवार बनाएको जनजातिको छोरा तिलक राईलाई भोट दिएर कांग्रेसलाई पनि जिताउन आग्रह गरे ।

यसैगरी बुधबार आयोजित कोणसभामा धरान कांग्रेसका सचिव श्याम पोखरेलले तिलकलाई मतदिएर नगरको बेथिति अन्त्य गराउन आग्रह गरेका थिए ।