विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यी दुबै चाडको अवसरमा शुभकामना व्यक्त गरेका हुन् । मुख्यमन्त्री राईद्धारा जारी सन्देशमा भनिएको छ,'बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेका छन् । हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो ।' 

यी दुबै जातिको चाडले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको मुख्यमन्त्री राईले बताएका छन् । यी चाडले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने विश्वास मुख्यमन्त्री राईले व्यक्त गरेका छन् । यी चाडले नेपालका सबै जातजाती एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको दिशामा अगाडि बढ्न मुख्यमन्त्री राईले आग्रह गर्नुभएको छ ।