उदयपुर: उदयपुरको कटारी नगरपालिका ६ चुहाडेबाट लागुऔषध गाँजाको कारोबार गर्ने २ जनालाई पक्राउ गरिएको छ ।

घरमै संकलन गरेर गाँजाको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबट खटिएको प्रहरी टोलीले कारोबारीलाई पत्राउ गरेको हो । कटारी नगरपालिका ६ का ४१ बर्षीय गेहेन्द्र भन्ने गंगा राईको घरमा खानतलासी गर्दा लुकाएर राखेको २ केजी र देव कुमार राईको कोठाबाट १०० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ११ का १७ बर्षीय सन्देश राउत र त्रियुगा नगरपालिका १० का १७ बर्षीय सुजन राउतलाई पनि २५० ग्राम गाँजा सहित पक्राउ गरेको छ । गाँजा सहित पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा कानूनी कारवाही प्रकृया अगाढी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।