धरान : धरान १४ स्थित पिण्डेश्वर बाबाधाम परिसरमा  हिन्दुहरूको प्रमुख चाड  महाशिवरात्रि मनाउँने भक्तजनहरुको घूँइचो बढेको छ । आज बिहान देखिनै भत्तजनहरुको घूँइचो छ ।

आज शनिबार पनी परेकाले विद्यार्थिहरु पनि निकै छन भने छिमेकि मुलुक भारतबाट पनि पिण्डेश्वर मन्दिरमा भक्तजन आईरहेको बाबाधाम समितिका अध्यक्ष विकास वनेपालिले जानकारी दिए । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।

pindeswae
पिण्डेश्वर बाबाधाम समितिले महाशिवरात्रिको अवसरमा हलुवा र मालपुवा प्रसादको रुपमा प्रत्येक बर्ष वितरण गर्दै आईरहेको र यसबर्ष पनि निरन्तरता दिएको बाबाधाम ब्यावस्थापन समितिले जनाएको छ । मन्दिर परिसरमा आज ब्रतबन्ध गर्नै र विवाह गर्नेको संख्या पनि उतिकै रहेको छ । बिहान ५ देखि नै २० जनाको टोलि सुरक्षाका लागि खटाएको धरान इलाका प्रहरी कार्यालय नायव प्रहरी उपरिक्षक ढूण्डिराज न्यौपानेले जानकारी दिए । sivaratri-pindisor

व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्रि पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रिमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्रि पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ ।