धरान : समाजबादी पार्टी लिम्बुवान राष्ट्रिय समितिको चैत १ र २ गते धरानमा हुने भनिएको लिम्बुवान राष्ट्रिय भेला कोभिड १९ कोरोना भाईरसका कारण स्थगित भएको छ ।

संघिय समाजबादी लिम्बुवान राष्ट्रिय समितिले सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सभा सम्मेलन नगर्न भनेको र कोभिड १९ कोरोना भाईरसको नेपाल पनि उच्च जोखिममा रहेकोले राष्ट्रिय भेला स्थगत गरिएको समाजबादी पार्टी लिम्वूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले बताए ।

सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानिय निकायहरुले कोरोनाको जोखिम हुन सक्ने भन्दै सभा सम्मेलन नगर्न आव्हान गरेकोले समाजबादी पार्टीले पनि त्यो जोखिमबाट सर्वसाधरण सवैलाई जोगिन आव्हान गर्दे समय अनुकुल बने पछि पुनः लिम्वुवान राष्ट्रिय भेला गर्ने बताएको छ ।

विज्ञप्तीमा कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएर पनि भेला स्थगित गर्नुले आमन्त्रीत प्रमुख अतिथि, विशेष अतिथि, १० प्लसका नेताहरु, विभिन्न दलका नेताहरु, लिम्वूवानका सवै जिल्लाका नेताहरु, स्वायत्त क्षेत्र समितिहरु, नगर तथा गाउपालिका समितिहरु, सम्पुर्ण प्रवास समितिहरु, समाजबादी युवा संघ, समाजबादी महिला संघ, समाजबादी विद्यार्थी युनियन, जनसांस्कृतिक महासंघ, लिम्वुवान समिति, प्रेस नेपाल, तमाम सवेच्छुक सुभचिन्तकहरुमा भेला स्थगित गर्नुपरेकोमा क्षमायाचना व्यक्त गर्दछ भनिएको छ ।