धरान : धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्दै छ ।

भोलि हुने नगर सभामा केन्द्रित रहेको बस्ने सो नगर सभामा नीति तथा कार्यक्रम र बजेटको सिलिङबारे छलफल हुने बताइएको छ । नगर सभा बस्न अघि धरान उपमहानगरको बजेट सिलिङ नपाएको भन्ने कुरा उठी रहेको बेला अहिले कार्यपालिका बैठक बस्न लागेको हो । अहिले बस्ने नगर सभाबाट वडाध्यक्षहरूले बजेटको सिलिङ पाउने बताइएको छ ।

धरान उपमहानगरपालिकाको भोलि बुधवार दिउसो १ बजे सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा नगर सभा हुने मेयर तिलक राईले जानकारी दिए । उनका अनुसार आजको कार्यपालिका बैठकले भोलिको नगर सभाको पूर्व तयारी, बजेट सिलिङ र नीति तथा कार्यक्रमको बारेमा छलफल हुनेछ ।