धरान : धरान उपमहानगरपालिकाको मङ्गलवार बसेको कार्यपालिका बैठकमा नेपाली काँग्रेस पक्षका वडाध्यक्षहरू अमर्यादित तरिकाले बैठकमा प्रस्तुत भएको भन्दै नेकपा पक्षका वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेको जनाएका छन् ।

कार्यपालिका बैठकमा कुनै पनि निर्णय नभएको र नेपाली काङ्ग्रेसबाट विजयी वडाध्यक्ष धरान १ का रोशन अधिकारी, ५ नम्बर वडाध्यक्ष सन्तोष लिम्बु र १८ नम्बर वडाध्यक्ष प्रवीण राई बैठकमा अमर्यादित तरिकाले प्रस्तुत भई अपशब्द बोल्दै टेबल ठटाएकोमा नेकपा पक्षका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले कार्यपालिका बैठक बहिष्कार गरेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन् ।

नेपाली काँग्रेस पक्षीय वडाध्यक्षहरूले सम्मानित बैठकमा अमर्यादित तरिकाले प्रस्तुत हुँदा समेत मेयरले बैठक रुलिङ गर्न नसकेको भन्दै र गुण्डागर्दी शैलीलाई प्रशय दिएको भन्दै नेकपा पक्षका वडाध्यक्षहरूले बैठक बहिष्कार गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।

Nekapa-bigyapti