धरान : नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर वरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

बबरमहलमा बसेको नेकपाको प्रचण्ड समूहको केन्द्रीय समिति बैठकले पार्टीले सो निर्णय गरेको हो । 

सो बैठकले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गर्दै नेपाललाई अध्यक्ष बनाएको हो ।

यसअघि नेपाल २०६५ साल फागुन सम्म तत्कालीन नेकपा एमालेको महासचिवको रूपमा नेतृत्वमा रहेका थिए । त्यस बेलाको एमालेको आठौँ महाधिवेशनले झालनाथ खनाललाई अध्यक्षमा चयन गरेको थियो ।