दमक : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आज अचानक प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा आइपुगेका छन् ।

पार्टी राजनीतिक रूपमा विभाजन भएपछि प्रचण्ड पहिलो पटक झापामा आइपुगेका हुन् । उनी आज बिहान साढे ११ बजे प्रधानमन्त्रीको गृहनगर दमक आइपुगेका हुन्।

उनलाई दमकमा नेकपाका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरे । नेकपा शिवसताक्षी नगरपालिकाका अध्यक्ष महेन्द्र भट्टराईले प्रचण्ड विराटनगरमा हुने कार्यक्रममा सहभागी हुन झापाको भद्रपुर विमानस्थल हुँदै दमक अईपुगेको जानकारी दिए । प्रचण्ड दमकमा खाना खान अडिनुभएको भट्टराईले बताए ।

नेकपाका दमक नगर सचिव तीर्थराज बस्नेत (शङ्कर) लाई हामीले प्रचण्डले किन खाना खान दमक नै रोज्नुभयो त रु भन्ने प्रश्न गर्दा उनले यो एउटा संयोग मात्र भएको बताए ।

प्रचण्ड दमकमा केही बेर रोकिने भएपछि स्वागतका लागि नेकपाका नेता तथा कार्यकर्ताहरूको दमकमा बाक्लो उपस्थिति देखिएको थियो । त्यहा भेला भएका नेता तथा कार्यकर्ता प्रचण्डसँगै विराटनगरमा आज भइरहेको बृहत् जनसभामा सहभागी हुन त्यसतर्फ लागेका छन् ।