धरान : धरानको उपमहानगरले मुख्य बजार क्षेत्रहरूमा फुटपाथ मिचेर बिक्रीको लागि राखिएका २ सय पसलका सामानहरू हटाइएको छ ।

व्यापारीहरूले ड्रेनमाथि र फुटपाथसमेत मिचेर सामानहरू राख्दा फुटपाथ तथा सडक साँघुरिएको, भिडभाडले दुर्घटना समेत भएको, तथा अनावश्यक संरचनाहरूले धरानको सुन्दरता कुरूप बनेको, र आपत्कालीन अवस्थामा वारुणयन्त्र र एम्बुलेन्स समेत छिर्न गाह्रो भएकाले व्यवसायीलाई सम्झाएर सामान तथा संरचना हटाउन थालिएको उपमहानगरपालिकाले बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए ।

उपमहानगरपालिकाले 'हाम्रो धरानलाई राम्रो धरान बनाऊ' भन्ने अभियान लिएर उपमहानगरले मङ्गलवार माइकिङ समेत गर्दै देशिलाइन जनपथमा सबै सामान हटाएको छ । फलोअपमा आउँदा अटेरी गरेको खण्डमा सामान जफत गर्ने चेतावनी दिँदै हिजो मंगलबार देखि सामान हटाइएको सापकोटाले बताए ।

धरानका गौतम पथ, नरेन्द्र पथ र भानुचौकको लोकतान्त्रिक चौतारी आसपासका फुटपाथ पसललाई सडक पेटीमा व्यापार नगर्न पटक पटक आग्रह गर्दा नमाने पछि सामान हटाएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए ।

उनले फेरी भने उनले व्यवसायीले कहाँसम्म समान राखेर बेच्न पाउने भनेर ७ दिनमा चिन्ह लगाउने नमानेमा सामान जफत गरी नष्ट गर्ने उनले बताए ।

बजार क्षेत्रमा सडकलाई नै अवरोध हुने गरी टिनको छाना र त्रिपाल लगाएर व्यापार गरेका कपडा पसल, पसल माथि झुन्ड्याउने धातु, हुक, तार, त्रिपाल, कपडा झुन्ड्याउने ह्याङ्गर, बोर्ड, प्लास्टिकका डोरी झुन्ड्याउने स्थान र अन्य औजारका समानहरू उपमहानगरको प्रहरीले भर्‍याङ ल्याएर हटाएको हो ।

अधिकृत सापकोटाका अनुसार धरानका वडा नं.-२, ३, र १२ का विभिन्न गल्ली टोलहरूमा फुटपाथ व्यापारीलाई हटाउने अभियान ७ दिनको रहने बताए ।