धरान : नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको आङ्गिक क्याम्पस पिण्डेश्वर विद्यापीठ धरानको प्रमुखमा काशीनाथ पौडेल नियुक्त भएका छन् ।

विश्वविद्यालयको कार्यकारी परिषद्ले पौडेललाई हिजोको मिति देखि लागु हुने गरी क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । प्रमुखको कार्यअवधि ४ वर्षको हुनेछ ।

फागुन १० गते बसेको कार्यकारी परिषद्को बैठकको निर्णय ८ अनुसार काशीनाथ पौडेललाई पिण्डेश्वर विद्यापीठका लागि क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो ।

विद्यापीठमा निमित्त क्याम्पस प्रमुखको रूपमा यस अघि प्रा. डा. चन्द्रमणि नेपाल रहेका थिए । नवनियुक्त प्राचार्य लामो समयदेखि नै यस विद्यापीठमा अध्यापन गराउँदै आएका थिए ।