झापा : झापाको मेचीनगर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ।

मेचीनगर-९ तल्लो मागुरमाडीका ४५ वर्षीय श्याम राईको हात्तीको आक्रमणमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गएराति करिब साढे १२ बजे तिर गाउँमा आएको जङ्गली हात्ती खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।

घाइते राई लाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको र उपचारकै क्रममा आज बिहान साढे २ बजे चिकित्सकले राईलाई मृत घोषणा गरेको झापाका प्रहरी प्रमुख सानुराम भट्टराईले जानकारी दिएका छन् ।