धरान : बाल गायकको रूपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियार दस वर्ष पछि युवा गायकको रूपमा आफ्नो नयाँ गीत 'यो मुटु त तिम्रै हो' म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्।

यंग माइन्ड्स इन्टरटेनमेन्टको प्रस्तुति तथा हरिदेवी कोइरालाको निर्माण रहेको गीतको म्युजिक भिडियोमा डिमन क्षेत्री र सुप्रिया खनाल सँगै प्रिया रानी लामाको अभिनय रहेको छ।

मोडल तथा कोरियोग्राफरको रूपमा चर्चित प्रियारानी लामा अहिले म्युजिक भिडियोमा समेत आफूलाई सक्रिय बनाउँदै छिन्। म्युजिक भिडियोमा प्रियारानी लामाको नेगेटिभ भूमिकामा अभिनय गरेको हेर्न पाइन्छ।

राजेश थापाको सङ्गीत र विष्णु निरौलाको शब्द रहेको गीतको भिडियोको छायाँकार सागर प्रधान, सम्पादन शिलान लम्साल र निर्देशन मुनाल शिशिर कोइरालाले गरेका छन्।