विराटनगर : विराटनगर महानगरपालिका-७ स्थितबाट बिरामीलाई कमिसन लिएर अस्पताल पुर्याउने बिचौलियामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिरानगर-१९ का ४६ वर्षीय विनोद राय, बिरानगर-५ का ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलीप साह र बिरानगर-१२ का ३९ वर्षीय शिव कुमार कामत रहेका छन् । उनीहरूलाई प्रहरी टोलीले मङ्सिर २९ गते पक्राउ गरेको हो ।

उनीहरूले आफ्नो सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने र आफूलाई कमिसन दिने फार्मेसीमा औषधी किन्न बाध्य गराउने कार्य गरी सर्वसाधारणलाई दुःख दिएर हैरानी दिएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी चारै जनालाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।