विराटनगर : नेकपा एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी मोरङको ८ औँ जिल्ला अधिवेशन आगामी पुस २९ गते हुने भएको छ । आज विराटनगरमा बसेको जिल्ला कार्यसमितिको बैठकले पुस २९ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको हो । सम्मेलन सम्पन्न गर्नका लागि संयोजक सुदीप कोइरालाको अध्यक्षतामा ३५ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ।

बैठकले आगामी पुस १५ गते सम्म सदस्यता नवीकरण गरी सक्ने निर्णय गरेको संयोजक कोइरालाले जानकारी दिए । यस्तै जिल्ला अधिवेशनका दिन वितरण गर्ने गरी जनार्दन मैनाली पत्रकारिता पुरस्कारका लागि सल्लाहकार महेन्द्र विष्टको संयोजकत्वमा छनौट समिति पनि निर्माण गरिएको छ ।

प्रेस चौतारी नेपालले राष्ट्रिय अधिवेशनका लागि जिल्ला तथा प्रदेश कमिटीको अधिवेशन २ महिना भित्र सम्पन्न गर्न मङ्सिर २० गते सर्कुलर जारी गरेको थियो।