धरान : जनता समाजवादी पार्टीले आगामी स्थानीय चुनावको लागि धरान उपमहानगरपालिकाको मेयर उपमेयरको लागि सम्भावित उम्मेदवारको बारेमा छलफल गरेको छ ।

शनिवार पार्टी कार्यालयमा भएको छलफलले मेयरको लागि केन्द्रीय सदस्य भीम राई, शशी बिक, नगर अध्यक्ष ताजुब लिम्बुको नाममा छलफल भएको छ । त्यसै गरी उपमेयर बिना पुमा राई, दुर्गामाया लिम्बू, ऐसा सुनुवारको उम्मेदवारी बारे औपचारिक रूपमा छलफल भएको छ ।

बैठकमा गठबन्धनबारे पनि छलफल भएको छ । धरान उपमहानगरमा कुनै पनि पार्टीसँग गठबन्धन हुनसक्ने र त्यसका लागि ढोका खुल्ला गरिएको जनाइएको छ । कुनै पार्टीसँग गठबन्धन नभएको अवस्थामा एक्लै पनि चुनावमा जाने तयारीको बारेमा छलफल भएको धरान उपमहानगर अध्यक्ष ताजुब लिम्बुले जानकारी दिए ।

धरानमा गठबन्धनको लागि यस अघि काङ्ग्रेस सहितको बैठक बसेको थियो । तर गठबन्धनमा काङ्ग्रेस जाने नजाने भनेर मतभेद देखिएको थियो । सरकार गठबन्धन इतरले स्थानीय स्तर तहमा समेत गठबन्धन बनाएर जान सकिन्छ कि भनेर बैठक बसेको हो । आगामी दिनमा गठबन्धन गर्ने वा नगर्ने भनेर अग्रिम छिनोफानो भइसक्नुपर्ने पनि माग भएको छ ।