धरान : इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरको काज सरुवा भएको साता दिन पनि नबित्दै प्रहरी निरीक्षक हेमराज ओलीको पनि सरुवा भएको छ । 
प्रहरी निरीक्षक हेमराज ओलीको तेह्रथुम वसन्तपुरको इलाका प्रहरी कार्यालयमा सरुवा भएको छ । उनको ठाउँमा इलामको पशुपतिनगरबाट देवीप्रसाद लिम्बु आउँदै छन् । 
ओली २०७६ साल साउनमा धरान सरुवा भई आएका थिए । उनको ३२ महिनाको धरान बसाइँमा निकै राम्रो काम गरेका थिए । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धरानको लागि अनुभवी प्रहरी अधिकृतहरू धमाधम सरुवा हुनुमा धरानको सुरक्षामा थप चुनौती देखिन सक्ने धरानवासीको चिन्ता छ ।
प्रहरी प्रधान कार्यालयबाट इलाका प्रहरी कार्यालय धरानको प्रमुखमा काज सरुवा भई डिएसपी बुद्ध श्रेष्ठ आइपुगेका छन् । 
डिएसपी श्रेष्ठ बिहीबार धरान आइपुगेका हुन । भोजपुरको पौवादुम्मा गाउँपालिका घर भएका श्रेष्ठ यसअघि प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी विशेष कार्यदल (स्पेसल फोर्स)मा कार्यरत थिए ।