धरान : धरान-१४ विजयपुर स्थित बावाधाम मार्गमा एक जना पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ । 

पिण्डेश्वर मन्दिर पश्चिम बाबाधाम मार्गको इन्द्रबहादुर कार्कीको घरमा भाडामा बस्दै आएका अन्दाजी ४५ वर्षीय धनबहादुर तामाङ झुन्डिएको अवस्थामा फेला परेको अस्थायी प्रहरी चौकी विजयपुरका प्रमुख असई बद्री दाहालले बताए । 

मृतकको स्थायी ठेगाना ओखलढुङ्गा मात्रै खुलेको छ । उनी धरानमा रहेर मजदुरी गर्दै आएका थिए । मृतकको आफन्त आइनपुगेकोले शव घटनास्थलै रहेको छ । घटनाको बारेमा थप विवरण आउन बाकी छ ।