धरान :  धरान-१८ को मतगणना सम्पन्न भएको छ । 

पछिल्लो मत गणना अनुसार धरान-१८ बाट नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । 

धरान-१८ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट नरेन्द्रकुमार राई (प्रवीण) विजयी भएका छन् । उनले २०७४ मा एमाले गढ भत्काउँदै काँग्रेसलाई विजयी गराएका थिए । उनी यस भन्दा अघिको पनि वडाध्यक्ष हुन् । दोस्रो पटक निर्वाचित हुने क्रममा उनले ७८४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषिराज राईले ३०६ मत पाए । 

यसैगरी महिला सदस्यमा दिलकुमारी राई ५९८ मत, दलित महिला सदस्यमा जमुना त्रिखत्री ६०८ मत, खुल्ला सदस्यतर्फ टङ्कप्रसाद गुरुङ ६६६ र दिवन राई (ठुलो भाइ) ४६६ मत पाएर निर्वाचित भएका छन् ।