धरान : धरानमा १० मा नेकपा एमालेको प्यानल विजयी भएको छ । 

वडाध्यक्षमा विवेक राई विजयी भएका छन् । उनले ९२४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रुपा राईले ५६७ मत प्राप्त गरेकी छिन् ।

यस्तै, एमालेबाट महिला खुला सदस्यमा फुर्दिकी शेर्पा ८७२ मत, दलित महिला सदस्यमा अरुणा सुन्दास ८४८ मत, खुला सदस्यमा कृष्णबहादुर राई ८०२ मत र  शम्सेर वर्देवाले ८०० मत प्राप्त गरेर निर्वाचित भएका छन् ।