धरान : धरानमा मतगणना स्थगित भएको छ । 

धरान उपमहानगरपालिका वडानं. २० मा मतगणनाको क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि विवाद भएको थियो । हस्ताक्षर नभएको मतपत्र नेकपा माओवादीको ११ वटा, नेपाली काँग्रेसको ४ वटा र नेकपा एमालेको ३ वटा गरी १८ मतपत्रमा हस्ताक्षर नभएको पाइएकोले दलका कार्यकर्ताले विरोध र नाराबाजी गरेपछि मत गणना स्थगित भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारी दिए । 

विरोध र नाराबाजीको कारण मतगणना अगाडी बढाउन नसकेकोले अहिले धरानको सबै वडाको मतगणना स्थगित भएको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले बताए । 

Matgarana-Sthagit-1