धरान : धरान-५ सुन्दर बस्ती नजिकै सेउती खोला बगरमा अवैध रूपमा बनेका तीन वटा घर टहरा भत्काइएको छ । 
सार्वजनिक तथा बनको जग्गामा बनेका तीन वटा अवैध घर टहरा आज बिहान सवडिभिजन बन कार्यालय तीनकुने र धरान उपमहानगरपालिकाको नगर प्रहरीको टोलीले भत्काएका हुन् । घरका जस्ता तथा टिन नगर प्रहरीले नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । अवैध रूपमा घर टहरा बनाउनेहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाइने बताइएको छ ।