झापा : झापाको झापा गाउँपालिकाका एक व्यक्तिले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

गएराति करिब सवा १० बजेतिर झापा गाउँपालिका–६, चन्द्रबस्तीका ४० वर्षीय नाइके सरदारले ३५ वर्षीय श्रीमती तालामई हस्दाको छुरा प्रहार गरी हत्या गरेका हुन् । 

मादक पदार्थ सेवन गरी घर आएका नाइकेले तालामईमाथि छुरा प्रहार गरेका थिए । कोखामा छुरा प्रहार गर्दा तालामईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबिच, प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरे पनि उनी नाइके सरदार हुन् या होइनन् भन्ने बारे खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।