धरान : धरान-१२ मा रहेको पब्लिक हाई स्कुलले बिद्यालय शैक्षिक सुधारकालागी स्थानीय सरकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। 
मङ्गलवार विद्यालयमा सम्पन्न कार्यक्रममा नजिकिँदै गरेको दशैं, तिहार, छठ लगायतको पर्वहरूको अवसरमा शुभकामना समेत आदान प्रदान गरिएको थियो । 
प्रमुख अतिथि एवं धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र विक्रम बेघा तथा वडाध्यक्षहरूलाई स्वागत सम्मान समेत गरिएको थियो ।
बिद्यालय प्रदेश १ कै नमुना बिद्यालय बन्न सफल भएकोमा प्रगतिको मुक्त कण्ठले प्रशंसा गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा प्रधानाध्यापक इन्द्र मोहन झाले विद्यालय शैक्षिक सुधार सम्बन्धी योजना  प्रस्तुत गरेका थिए । 
स्थानीय सरकार सँग अन्तरक्रिया गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधिहरूले विद्यालयको प्रगतिको प्रशंसा गर्दै आआफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहेका लेखनाथ भट्टराईले विद्यालयमा टिम वर्क भएको, पारदर्शी र लक्ष्यप्रति प्रष्ट भएको, तथा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले आफ्नो छोराछोरी आफ्नै विद्यालयमा पढाउने गरेको समेत बताए।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किराँती, पूर्व प्रधानाध्यापक लेखनाथ भट्टराई लगायतले विद्यालयको  प्रगति र योजनाको बारेमा बिचार व्यक्त गरेका थिए ।
विद्यालयको इन्चार्ज वीरेन्द्र बहादुर शाहले सञ्चालन गरेको कार्यक्रममा व्यवस्थापन समितिका सल्लाहकार मोहन श्रेष्ठ, बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
public-school-chalfal