दमक : काठमाण्डौबाट गौरीगञ्ज आउँदै गरेको ना ७ ख २०३२ नम्बरको भावना डिलक्स नाम गरेको यात्रु बस हेटौडामा दुर्घटना भएको छ। 
दुर्घटनामा दमक क्याम्पस मोडका एक जना सहित २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक बेलबारी-८ कि कल्पना राजवंशी र दमक क्याम्पस मोडका एक ६० वर्षीय पुरुष रहेका छन् ।
दशैंका यात्रु लिएर गौरीगञ्ज आउदै गरेको सो यात्रुबहाक बस ब्रेक फेल भएर हेटौडामा दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य ३३ जना यात्रुहरु घाईते भएका छन् ।
घाईतेहरुको चुरिया हिल्स अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनाका सम्बन्धमा थप बिबरण भने आउन बाँकी छ ।
hetauda-accident