झापा : आसन्न मङ्सिर ४ को निर्वाचनमा प्रतिनिधि सभातर्फ झापामा केही शीर्ष नेताहरू चुनावी मैदानमा छन् । उनीहरूले आइतबार मनोनयन पनि दर्ता गराइसकेका छन् । 
शीर्ष नेताहरूमा झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, झापा ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, झापा ३ बाटै काँग्रेस नेता कृष्ण प्रसाद सिटौला, झापा १ बाट पूर्व महान्यायाधिवक्ता अग्नि खरेल र काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा चुनावी मैदानमा होमिएका छन् । प्रतिनिधि सभा तर्फ झापामा कसको अवस्था के हुने हो भन्ने व्यापक बहस चुलिएको छ यतिबेला । 
झापा १ :
झापा क्षेत्र नं १ मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता अग्नि खरेलबिच कडा टक्कर हुने विश्लेषण गरिएको छ । प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रबाट सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा, एमाले गठबन्धन अन्तर्गत एमालेबाट अग्नि खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ओमनाथ भण्डारी, लोकतान्त्रिक समाजवादीबाट ओलिन राजवंशी, केन्द्रकुमारी दाहाल, विकास राजवंशीले स्वतन्त्र, राष्ट्रिय जनमुक्ति पार्टीबाट चित्रहाङ जबेगू, हाम्रो नेपाल पार्टीबाट खण्डबहादुर अधिकारी, सङ्घीय लोकतान्त्रिक पार्टीबाट पदममाया लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । नेपालका लागि नेपाली पार्टीबाट मुकुन्द दाहाल, जन समाजवादी पार्टी नेपालबाट रोशन बास्तोला, राधा थापा–जनता समाजवादी पार्टी नेपाल, रामकुमार काफ्ले-नेपाल जनता पार्टी, विदुरकुमार खतिवडाले स्वतन्त्र, सन्तराज कार्की-राप्रपा नेपाल र सन्तोष तामाङले मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
झापा २ :
झापा क्षेत्र नं. २ को प्रतिनिधिसभातर्फ नेकपा एमालेबाट देवराज घिमिरे, अकलबहादुर तामाङले मङ्गोल नेशनल, अर्पण बस्नेत स्वतन्त्र, कमलप्रसाद खरेल-राप्रपा, कुमार भट्टराई-स्वतन्त्र, कृष्णप्रसाद गौतम-जन समाजवादी, खेमराज दाहाल-स्वतन्त्र, चेतकुमार खनाल- स्वतन्त्र, नारायणबहादुर भारती-नेपाली काँग्रेस बिपी, परशुराम मगरले-राजमुबाट उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै भद्र प्रसाद नेपाल-स्वतन्त्र, महेन्द्र खायमली-नेमकिपा, राजकुमार तामाङ-स्वतन्त्र, रामसुफल कामती-जसपा, रुद्रप्रसाद गिरी-स्वतन्त्र, रेश्मा चेम्जोङ-संलोराम, सन्तोष घिमिरे-नेपाल विवेकशील, हरिकुमार राना-माओवादी केन्द्र, त्रिनारायण राजवंशी-लोसपा र ज्ञानेन्द्रराज कार्की -नेपालका लागि नेपाली पार्टीबाट समेत उम्मेदवारी दर्ता गराएका छन् ।
झापा ३ :
सर्वाधिक चासोका रूपमा झापा क्षेत्र नम्बर ३ लाई पनि हेरिएको छ । जहाँ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा एमालेको साथ पाएका छन् । उनीसँग काँग्रेस नेता कृष्ण प्रसाद सिटौला चुनावी मैदानमा छन् । झापा क्षेत्र नं. ३ को प्रतिनिधिसभातर्फ ओमप्रसाद खरेल-सचेत नेपाली पार्टी, कृष्णगोपाल छुस्यावाग-नेमकिपा, कृष्णप्रसाद सिटौला-नेपाली काँग्रेस,  गजेन्द्र लिम्बू-राजपा, चूडामणि अधिकारी-मौजपा, डम्बरबहादुर गिरी-स्वतन्त्र, डम्बरबहादुर लिम्बू-संलोराम, देवीरमण भट्टराई- राप्रपा नेपाल, देवेन्द्र किशोर ढुङ्गाना-लोसपाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रकाश पाठक-राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल, प्रेमप्रसाद खनाल-स्वतन्त्र, भक्तिप्रसाद पनेरु -नेकां बिपी, भोटलाल राजवंशी -जनमत पार्टी, मनोरथ राजवंशी-स्वतन्त्र, नगेन्द्रप्रसाद खनाल-हाम्रो पार्टी नेपाल, राजेन्द्र लिङ्देन राप्रपा, वीरबहादुर राई -जसपा र श्यामबहादुर लिम्बू मङ्गोल नेशनल पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । 
झापा ४ :
झापा क्षेत्र नं. ४ को प्रतिनिधिसभातर्फ कमलबहादुर पौडेल-स्वतन्त्र, किरण श्रेष्ठ -स्वतन्त्र, खुश्बू ओली- स्वतन्त्र, श्याम नेपाल- स्वतन्त्र, ग्यासुद्दिन मिया- लोसपा, दिलीप धिमाल-मङ्गोल नेशनल, दुर्गाप्रसाद घिमिरे- नेकां बिपी, देउकुमार थेबे -नेपाली काँग्रेस, नन्दराज राई-स्वतन्त्र उम्मेद वारी दर्ता गराएका छन् । त्यस्तै पूर्णकुमार लिम्बू-स्वतन्त्र, विजयप्रसाद राजवंशी-राप्रपा नेपाल, मनकुमार ताप्मादेन-राजपा, युक्त प्रसाद भेटवाल-हाम्रो नेपाली पार्टी, लक्ष्मीनारायण खनाल-स्वतन्त्र, लालप्रसाद साँवा लिम्बू-नेकपा एमाले, लाहानसिंह तुम्बाम्बो– संलोराम, विक्रम काशीछ्वा-नेमकिपा, शम्भुप्रसाद ढकाल-रास्वपा, सत्यनारायण राजवंशी-जनमत पार्टी, हर्कराज राई-जसपाबाट उम्मेदवारी दर्ता गराएका छन् ।
झापा ५ :
मुलुकभरनै महत्त्वका साथ हेरिएको निर्वाचन क्षेत्र हो झापा क्षेत्र नम्बर ५ । जहाँ एमालेले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका पार्टी अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धा यस पटक पनि नेपाली काँग्रेसका नेता डा. खगेन्द्र पाण्डव अधिकारीसँग हुने भएको छ । झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा अन्तर्गत इन्द्रमणि दाहाल-स्वतन्त्र, ओममाया आङदम्बे-जसपा, कल्पना लावती-स्वतन्त्र, कवीन्द्र शर्मा लिम्बू-संलोराम, केपी शर्मा ओली-नेकपा एमाले, केदारनाथ चापागाईँ -स्वतन्त्र, डा.खगेन्द्र पाण्डव अधिकारी-नेपाली काँग्रेस, चन्द्रप्रसाद राजवंशी-लोसपा, तीर्थेस्वर चौधरी-स्वतन्त्र, तुलसीराम काफ्ले-स्वतन्त्र, दीपकुमार पाठक- स्वतन्त्र, पदमबहादुर जबेगू-राजपा, विष्णुप्रसाद सिग्देल-स्वतन्त्र, भीम राजवंशी-जनमत, भेषराज भट्टराई-स्वतन्त्र रहेका छन् । त्यस्तै राजन चुँडाल-नेशनलिष्ट पिपुल्स पार्टी, रामप्रसाद पाठक-सचेत नेपाली पार्टी, रामचन्द्र बानिया-स्वतन्त्र, रुद्रप्रसाद दाहाल-नेमकिपा, रेवतीरमण खनाल-स्वतन्त्र, रेवतीप्रसाद पौडेल-स्वतन्त्र, शान्ता अधिकारी-स्वतन्त्र, सुरेशकुमार पोखरेल-राष्ट्रिय स्वतन्त्र पार्टी, सानबहादुर मेचे-मङ्गोल नेशनल, सीताराम पोखरेल-स्वतन्त्र, सुलोचना राजवंशी-स्वतन्त्र र शेखरनाथ सेढाई- काङ्ग्रेस बिपीबाट उम्मेदवारी दर्ता गराएका छन् ।