धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडाध्यक्षहरूको ५ बुँदे मागलाई सम्बोधन गरेपछि कार्यपालिका बैठक सुरु भएको छ ।

उनले अब वडाध्यक्षहरूलाई स्वकीय सचिवले पत्राचार नगर्न बचनबद्धता प्रकट गरेका छन् । १० नम्बर वडाध्यक्ष विवेक राईसँग माग गरिएको स्पष्टिकरण फिर्ता लिएका छन् ।

वडाध्यक्षहरू सँग राजिनामा मागेको कुरा फिर्ता लिदैं क्षमा मागेका छन् ।

प्रदेश र सङ्घीय सरकारको बजेट कार्यान्वयन गर्ने कुरामा उपमहानगरपालिकालाई जानकारी दिएर कार्यान्वयन गर्ने सहमति जनाएका छन् । बैठक चलिरहेको छ ।