वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले वडा नं १० प्रकाशपुरमा रोपाईको कार्यक्रम आयोजना गरेर राष्ट्रिय धान दिवस मनाएको छ । आज असार १५ अर्थात् २० औ राष्ट्रिय धान दिवसको अवसरमा वराहक्षेत्र नगरपालिकाले कृषि सहकारी संघ सुनसरी, कृषि ज्ञान केन्द्र सुनसरी र कृषि सहकारी समन्वय समिति वराहक्षेत्रसंग सहकार्य गरेर धान दिवस मनाएको कृषि विकास शाखाका प्रानिधिक निरकुमार राईले बताए ।

उक्त कार्यक्रममा स्थानिय कृषकहरुसंग नगर प्रमुख रमेश कार्की, उप-प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य तथा सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

असार १५ लाई  ‘मानो रोपेर मुरी उब्जाउने’ महिना रूपमा समेत लिने गरिएको छ । खेतमा धान रोपाइँसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।  कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरूले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । यस वर्षको २० औँ धान दिवस "जलवायु अनुकूलित, कृषक मैत्री प्रविधि, धान उत्पादनमा बुद्धि’ भन्ने नाराका साथ दिएको छ ।

सोही अवसरमा नगरपालिकाले पनि असार-१५ अर्थात् धान दिवसलाई उत्सवको रूपमा लिएर मनाएको नगर प्रमुख रमेश कार्कीले बताए । कार्कीले भने नगरपालिकाले पनि धान उत्पादनलाई बुद्धि गर्न  चैते धान खेतीलाई प्रबद्बन गर्ने कार्यक्रम ल्याएको छ । धान उत्पादनमा आत्म निर्वर बन्न नगरपालिकाले कृषकलाई उन्नत जातको बिऊ, समयमै रासायनिक मल , सिचाईका योजनालाई प्रथामिकतामा राखेको छ ।

कृषकलाई माटोको प्रकार, गुणस्तर, हावापानी अनुकूल खेती गर्ने मल, बीउ र प्राविधिक सेवा उपलब्ध गराउन नगरपालिका लागि रहेको कार्कीको भनाई छ ।

dhaan diwas