धरान : नेपाली काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापाले पार्टी नेतृत्वको कारण नैराश्यता बढेको बताएका छन् । सुनसरी क्षेत्र नम्बर १ (१) र (२)  को संयुक्त सम्मेलनमा बोल्दै उनले केन्द्रीय नेतृत्वले गम्भीर हुनुपर्ने बताए । 
सङ्घीय सरकारमा महत्त्वपूर्ण मन्त्रालयमा हिस्सेदार भए पनि काँग्रेस किन कमजोर छ भन्ने गम्भीर प्रश्न उठेको उनको भनाइ छ । काँग्रेस सुधारको बाटोमा लाग्छ भन्ने अपेक्षामा रहेका कार्यकर्ता बिस्तारै निराश हुँदै गएको उनले बताए । 
भातृ सङ्गठनको महाधिवेशन हुन नसक्दा कार्यकर्ता व्यवस्थापन समस्याग्रस्त भएको महामन्त्री थापाको धारणा छ । आउने केन्द्रीय कार्यसमिति बैठकबाट गठबन्धन नगर्ने सङ्कल्प प्रस्ताव पारित गर्नुपर्ने बताए । 
गठबन्धनले गर्दा कार्यकर्ता निराश भएको बताउँदै उनले अब आफ्नै बलमा अगाडि बढ्नुपर्ने उनको बिचार छ । पहिलो पटक मतदान गर्ने मतदाताको लागि केन्द्रित गरेर अगाडि बढ्न आग्रह गरे ।