वराहक्षेत्र : वराहक्षेत्रमा नेपाल विद्यार्थी संघले दीप प्रज्वलन गरेर बिपी कोइरालाको ११० औँ जन्म जयन्ती मनाएको छ । नेपाली काँग्रेसको संस्थापक कोइरालाको ११० औँ जन्मोत्सवको दिन आइतबार साँझ सप्तकोशी क्याम्पसको प्राङ्गणमा दीप प्रज्वलन गरेको हो । उक्त दीप प्रज्वलन कार्यक्रम नेविसंघ सप्तकोशी बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको थियो ।

प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक समाजवादका प्रणेता कोइरालाको सम्झनामा देशैभर विभिन्न कार्यक्रम आयोजना भएको र त्यसै अनुरूप ईकाइ समितिले दीप प्रज्वलन गरेर इकाई सभापति विज्ञान लिम्बुले जानकारी दिए ।

इकाई सभापति लिम्बु सभापतित्वमा सम्पन्न कार्यक्रममा नेविसंघका इकाईका पदाधिकारी लगायत विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।

bp jayanti 3

bp jayanti 2