धरान : प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आव्हान गरेको कोशी प्रदेश यातायात बन्दको दोस्रो दिन सुनसरीमा १५ जनालाई जबरजस्ती सडक अवरोध गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरी अनुसार धरान-१३ शिवधारा पेट्रोल पम्प र वडा २ माछाभौडि क्षेत्रबाट ९ जनालाई पक्राउ गरिएको छ । त्यसै गरी इटहरी-४ बूढी खोला पूर्व पश्चिम राजमार्गबाट ६ जना बन्दाकर्ताहरूलाई पक्राउ गरिएको छ ।

पक्राउ गरिएकाहरूको नामहरू भने प्रहरीले सार्वजनिक गरेको छैन ।