झापा : झापाको भद्रपुरमा आज बिहान एक किशोरीमाथि धारिलो हतियार प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान साढे १० बजे एसएस निकेतनकी विद्यार्थी भद्रपुर-६ की श्रेया राईमाथि सोही स्थानका अभिषेक कर्णले धारिलो हतियार दाउ प्रहार गरेका थिए ।

स्कुल बसबाट ओर्लिने बित्तिकै १७ वर्षीय राईमाथि १८ वर्षीय कर्णले दाउ प्रहार गरेका थिए । अभिषेकलाई भाग्दै गर्दा प्रहरी चौकी घोडामाराले नियन्त्रणमा लिएको जनाएको छ ।

घाइते श्रेयालाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । उनको उपचार भइरहेकोमा थप उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाएको झापा प्रहरीले जनाएको छ ।

घाइतेको टाउको र दुवै हातमा चोट लागेको प्रहरीले जनाएको छ । घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।