धरान : धरान खानेपानी व्यवस्थापन बोर्डले सूचना प्रकाशन गर्दा पनि किर्ते गरेको १० राजनीतिक दल समूहले आरोप लगाएको छ ।

बोर्डले साउन २ गतेको मितिमा प्रकाशित सूचनामा किर्ते गरेको उक्त सूचनाको प्रतिलिपि दलहरूले सार्वजनिक गरेका हुन् ।

नेपाली काँग्रेसका सभापति श्याम पोखरेलका अनुसार साउन २ गते राजनीतिक दलका कार्यकर्ता बोर्डको कार्यालय गएर त्यहाँ टाँस गरिएको सूचनाको खिचिएको फोटो र साउन ११ गते शुक्रवार कार्यालयबाट उपलब्ध गराइएको सूचनाको प्रतिलिपि एउटै मितिको भएपनि फरक पाइएको छ ।

बोर्डका कार्यकारी निर्देश राजु पोखरेलको हस्ताक्षरमा जारी सूचना बोर्डले खानेपानी महसुल र धारा जडान, नामसारी सम्बन्धी नयाँ शुल्क हो ।

साउन २ गते कार्यालयमा सर्वसाधारणका लागि टाँस गरिएको सूचनामा मृतकको नामबाट धारा नामसारी गर्दा छुटको कुरा कतै उल्लेख गरिएको छैन ।

शुल्क र महसुल वृद्धिको विरोधमा १० दलले आन्दोलनको घोषणा गरेर बोर्डलाई माग सहितको ज्ञापन पत्र बुझाएपछि त्यही मिति, त्यही विवरणको सूचनामा किर्ते गरेर सर्वसाधारण उपभोक्तालाई झुकाउन खोजेको छ ।

बोर्डको कार्यालयले एउटै मितिको सूचनामा पछिल्लो दिन 'नोट-मृतकको नामबाट धारा नामसारी गर्दा ५० प्रतिशत छुट हुनेछ ।' भनी थपेको छ ।

उक्त दुवै प्रतिलिपि १० दलीय समूहसँग सुरक्षित रहेको पोखरेलले बताए । मनोमानी रूपमा शुल्क बढाएपछि उपभोक्तामा भ्रम छर्ने प्रयास गरिए पनि कोही पनि भ्रममा नपर्ने उनले बताए ।

उक्त एउटै सूचनाको दुई वटा प्रतिलिपि यस्तो छ :

dharan khanepani sulka old

dharan khanepani sulka new