धरान : धरानका नगरप्रमुख हर्क साम्पाङको हङकङ यात्रालाई उनी आफैले फेसबुक स्ट्याटसमा ‘नेपालीको सल्लाह खरानीको डल्ला ! कार्यक्रम अनिश्चित देखिएकाले ९० प्रतिशत नजाने देखियो !’ लेखेका छन् ।
उनलाई निम्तो गर्ने हिन्स र किरात राई यायोक्खाले सार्वजनिक गरेको धारणाले भने साम्पाङको यात्रा र हङकङको सांस्कृतिक कार्यक्रमबारे कुनै अस्पष्टता छैन । प्रमुख साम्पाङ आफैलाई भने ‘रोजगार भिषा’ लागेकोमा भ्रम उत्पन्न भएको हो ।
सांस्कृतिक कार्यक्रममा जान लागेका नगर प्रमुखलाई ईम्पोलोर्ईमेन्ट भिषा अर्थात् ‘रोजगार भिषा’ लागेकोमा असन्तुष्टि जनाउँदै हङकङ नजाने अभिव्यक्ति प्रकट गरेका हुन ।
प्रमुख साम्पाङलाई हङकङका नेपालीहरूको एस अफ स्पेडस इन्टरटेनमेन्टले मे ३ र ४ तारिख गर्ने ‘नेपाल फेस्ट-२०२५’ सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रममा बोलाएको छ ।
सामाजिक संस्था हिन्सले आइतबार फेसबुक मार्फत उनको यात्रा निश्चित भएको जनाउँदै नगरप्रमुख साम्पाङ सहित कलाकारहरूको टोलीलाई एकमुस्ट ‘रोजगार भिषा’ लागेको जानकारी दिएको थियो ।
हिन्सले हङकङमा हुने सबै खालका कार्यक्रमको लागि कानुनी रूपमा इम्प्लोइमेन्ट भिषा लिनुपर्ने स्पष्ट गरेको छ । अन्य भिषा लगाए हङकङको अध्यागमन विभागले गैर कानुनी ठहर गर्ने बताएको छ । प्रमुख साम्पाङ कार्यक्रमबाट सङ्कलित रकम लिएर नेपाल फर्कने भएकाले पनि ईम्पोलोर्ईमेन्ट भिषा लगाइएको जनाएको छ ।
प्रमुख साम्पाङको अनभिज्ञता ?
प्रमुख साम्पाङले सोमबार बिहान स्ट्याटस लेख्दै हङकङमा ठुलो राजनीति हुँदो रहेछ कि क्या हो जन्तरे ? नेपालमै तँ फेल भैसकेका पार्टी राजनीति छ । हङकङमा बसेर गर्नु हुँदैन हौ नेपाली हो ! काम छैन राजनीतिको ?
उक्त स्ट्याटसको केही अर्को स्ट्याटसमा धरान हङकङ मञ्च, फेस्ट नेपाल र किरात राई यायोक्खा हङकङ बिच समन्वय र तालमेल नहुँदा अर्को संस्थाले गलत भिजा लगाईदिएकोले गर्दा घोर अन्धकारको स्थिति भएको उल्लेख गरेका छन् ।
सुम्निमा पारुहाङको लागि रकम सङ्कलन कार्यक्रम अनिश्चित देखिएकाले ९० प्रतिशत नजाने देखियो ! नेपालीको सल्लाह खरानीको डल्ला ! लेखेका छन् । उनको स्ट्याटसमा कमेन्ट गर्नेहरूले भिसाबारे मेयरमा अनभिज्ञता देखिएको टिप्पणी गरेका छन् ।
१५ दिन अगाडी भने प्रमुख साम्पाङले फेसबुकमा कहिले सुम्निमा पारुहाङको प्रतिमा निर्माणको लागि रकम सङ्कलन हुँदैन भने घुम्न नाथे आफू हङकङ नजाने ! घुम्न ठुलो कुरा नभएको लेखेका थिए ।
लगत्तै हङकङबाट पोस्टर र पम्प्लेट टाँसेर रकम सङ्कलन गर्ने र भेटघाटको मिति तय गरेको जानकारी सार्वजनिक गरेको थियो । उक्त हङकङे स्ट्याटस आएपछि प्रमुख साम्पाङको मुड बदलिएको देखियो ।
उनले फेसबुकमा अव हङकङ आउँदै छु सबैलाई सुखद खबर, ‘मानव सभ्यता नेपालकै इतिहासलाई जीवन्त राख्न सुम्निमा पारुहाङ प्रतिमा सहितको सांस्कृतिक सम्पदा निर्माण गर्न सहयोग लिन जादैछु’ भनी स्ट्याटस लेखेका थिए ।
नगर प्रमुखलाई भिसाबारे बुझाउँदै हिन्स
हिन्सले सोमबार साँझ भनेको छ, हङकङ सरकारले नेपाली पासपोर्टधारीलाई सबै खाले ईम्पोलोर्ईमेन्ट भिषा सन २००५ देखि बन्द गरेको । तर सांस्कृतिक कार्यक्रम वा अन्य कुनै पनि खाले मनोरञ्जन कार्यक्रमहरूका लागि विशेष व्यवस्थाको रूपमा ईम्पोलोर्ईमेन्ट भिषा प्रदान गर्दै आइरहेको छ ।
ईम्पोलोर्ईमेन्ट भिषा भन्नाले काम गर्ने किसिमको भिषा मात्रै होइन हङकङमा कार्यक्रममा आउनेहरू लाई हङकङ सरकारले प्रदान गर्ने भिषा हो । हिन्सले १७ पटक भन्दा बढी हङकङमा कार्यक्रम गरेको गायक राजेशपायल राईको २०१५ अगस्ट १६ तारिख भिजिटर भिषा भएकाले प्रस्तुति दिन नपाएको जानकारी दिएको छ ।
हिन्स सन् २००४ को स्थापना भएको हो । हिन्सले हङकङका नेपाली यहाँका स्थानीय चाइनिजसँग मिलेर बस्नु पर्छ भन्ने उद्देश्यले सामाजिक कार्यक्रमहरू गर्दै आएको छ । हङकङ सरकारले कार्यालय सञ्चालनका लागि भवन प्रदान गरेको छ ।
महावाणिज्य दूतावासबाट पनि रोजगार भिषाको सिफारिस
यसपालिको नेपाल फेस्टका आयोजकहरूको अनुरोधलाई स्वीकार गरेर हिन्सले सबैलाई भिषा सहजिकरणमा सहयोग गरेको हो । कार्यक्रममा आउनेहरूको नामावलीमा नगर प्रमुख साम्पाङको बारे हङकङ स्थित महावाणिज्यदूत सिफारिस पत्र सहित भिषा एप्लाई गरिएको हो ।
हिन्सले भनेको छ ‘कुनै पनि व्यक्ति हङकङमा कुनै कार्यक्रममा चाहे तलब लिएको होस वा बिना तलब उपस्थित हुन आउँछ भने इम्प्लोइमेन्ट भिषा हर हालतमा लिएकै हुनुपर्ने नियम छ ।’
नगरप्रमुख पनि नेपाल फेस्ट सहित अन्य कार्यक्रमहरूमा उपस्थित हुने बुझिएकोले कानुनी अड्चन मुक्त राख्न इम्प्लोइमेन्ट भिषा लिइएको हो ।
किरात राई यायोक्खाको भनाई
हिन्स एक च्यारिटेबल सामाजिक संस्था हो । जाति धर्म संस्कारमा गर्व आ-आफ्नै भए पनि सामाजिक सेवाका लागि निस्वार्थ रूपमा गोलबद्ध भएका मानिसहरूको समूह नै हिन्स हो । हिन्सले हङकङमा वा कतै पनि रहेका कुनै पनि सङ्घसंस्थालाई आफ्नो प्रतिद्वन्धिको रूपमा हेर्दैन ।
सबै संस्था सँग हातेमालो गरेरै हङकङमा रहेका नेपालीहरूको बृहत् हितमा तल्लीन संस्था हिन्स हो । यसर्थ हिन्सले किरात राई यायोक्खा होस वा कुनै अरू कसैलाई पनि प्रतिद्वन्धिको रूपमा हेरेको छैन र हेर्दैन पनि ।
हङकङ सरकारले आयोजना गर्ने विभिन्न राष्ट्रका सांस्कृतिक कार्यक्रमहरूमा धेरै पटक किरात राई यायोक्खाको साकेला नृत्य प्रस्तुत गरिसकेको छ । हिन्स र किरात राई यायोक्खाको स्थापनाको उद्देश्य र कार्यहरू नै फरक छ यसैले पनि हिन्सले किरात राई यायोक्खालाई प्रतिव्दन्दि वा बैरभावको रूपमा कहिल्यै लिएको छैन ।