धरान : मेयर कप स्कुल ओलिम्पक २०७५ को बुधबार औपचारिकरुपमा उद्घाटन भएको छ ।
धरान १६ स्थित प्रस्ताविक प्रादेशिक रंगशालामा आयोजित एक भव्य समारोहबीच प्रतिनिधि सभाका सदस्य सांसद जयकुमार राईले दिप प्रज्वलन गरेर स्कुल ओलम्पिकको उद्घाटन गरेकय थिए । ओलम्पिकको उद्घाटन पश्चात प्रमुख अतिथि राई, विशिष्ट अतिथि एवं प्रदेश १ का सभामुख प्रदिप भण्डारी, धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीलगायतले संयुक्तरुपमा शान्तिको प्रतीक परेवा पनि उडाएका थिए ।

46521384_309308639921832_7664614395229503488_n


स्कुल ओलम्पिकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद राईले स्कुलस्तरमा नै खेलकुदका गतिविधिहरु आयोजना गरिदा मेस्सी, क्रिष्टियानो रोनाल्डोजस्ता प्रतिभाशाली खेलाडीहरु उत्पादन हुने धारणा व्यक्त गरे । धरानलाई व्यापरिक, पर्यटकीय सहरसँगै खेलकुद र प्रतिभावान खेलाडीहरुको सहरकोरुपमा पनि विकास गर्नुपर्ने उनले बताए । रंगशालाको अवस्था दाँत झरेको मान्छे जस्तै देखिएको टिप्पणी गर्दै उनले संघीय सरकार र खेलकुद मन्त्रालयबाट आवश्यक बजेट विनियोजनको लागि पहल भइरहेको र यसपाली १ करोड बजेट आएको पनि उनको भनाई थियो ।
प्रदेश सभामुख भण्डारीले धरानलाई खेलकुदको सहर बनाउन प्रदेश संसद र सरकारको ध्यानाकर्षण भएको धारणा राख्दै रंगशालाको निर्माण कार्य सम्पन्न गर्न र खेलकुदको माध्यमबाट अघि बढाउन निरन्तर प्रयत्न गर्ने आश्वासन दिए । धरानकी कार्यवाहक प्रमुख भण्डारीले धरानलाई स्पोर्टस् सिटीकोरुपमा घोषणा गर्न प्रदेश सरकारसँग माग गरिन् । यसकये लागि सभामुख, सांसदहरुले पहल गरिदिन पनि उनले आग्रह गरिन् । नयाँ खेलप्रतिभाहरु जन्माउने उद्देश्य लिएर स्वर्गीय मेयर तारा सुब्बाले मेयर कप स्कुल ओलम्पिक शुरुवात गरेको प्रष्ट्याउदै उनले धरानमा धेरै खेल क्षेत्रको सम्भावना भएको तर सिंगार्न मात्र बाँकी रहेको बताइन् ।

46508780_1780128052099048_6264798061411696640_n

मेयर कप स्कुल ओलम्पिकको उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातिय संघसंस्थाहरुको झाँकी सहित मार्च पास भएको थियो । स्कुल ओलम्पिकमा सहभागी विभिन्न निजी९संस्थागत० तथा सामुदायिक विद्यालयका विद्यार्थी खेलाडीहरु र विभिन्न खेल संघसंस्था आवद्ध खेलाडीहरुको पनि मार्च पास भएको थियो । सशस्त्र प्रहरीको ब्याण्डसहित मार्च पास आयोजना भएको थियो । नगर खेलकुद विकास समितिद्धारा आयोजित स्कुल ओलम्पिकमा विभिन्न १२ खेल विधाहरु समावेश छन् भने कुल ५४ वटा विद्यालयहरु भाग लिनेछन् ।

 

46485302_199342250986776_2704476352932741120_n 46486368_333602980773775_3237001002842324992_n 46503265_2045794505718459_8610998116641931264_n 46503690_2031342860279269_3990053510229000192_n 46493566_1970188613070224_7629056403935592448_n 46496039_2124943574435696_7979277748172488704_n 46499180_404210946784587_8259645284745740288_n 46507433_747131235659956_7629770687061688320_n 46512326_2202959200024124_69665000901312512_n 46514410_187866515490343_5771319607730110464_n 46515937_258418284848140_32026677773074432_n 46516888_200182107537758_2905953509306269696_n 46519778_512806359197308_1085850715491926016_n 46520593_2102839796600389_1079784688366649344_n 46717211_584217255344621_8358359335608254464_n