धरान: चारकोशे जंगलमा धरान सहरको फोहोर फालेर आगो लगाउदा प्रदुषण बढ्नुका साथै पर्यावरणलाई गम्भीरु असर पुगेको भन्दै उक्त कार्य तत्काल रोक्न माग गरिएको छ ।

वातावरण तथा पर्यटन विकाश केन्द्र(सेड नेपाल) ले धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीलाई ३ बुदे ज्ञापनपत्र बुझाउदै जंगल क्षेत्रमा फोहोर फाल्न र आगो लगाउने कार्य तत्काल रोक्न माग गरेको हो । जगल भित्र फालिने फोहोर मैलामा आगो लगाएर प्रदुषण गर्नुको साथै जगलको जीवजन्तु, वनस्पतीमा नकरात्मक असर पुगेको केन्द्रले जनाएको छ । फोहोर फालेर आगो लगाउने र सडकको किनारमा मरेका जीवजन्तु तथा फोहोर मैला फाल्ने कार्यलाई तत्काल रोक्नुपर्ने केन्द्रले माग गरेको छ ।

IMG_4642 copy

कोशी राजमार्गअन्र्तगत धरान–इटहरी सडकखण्डमा पर्ने चारकोशे जंगलमा धरान र इटहरी उपमहानगरपालिकाले आफ्नो नगरमा दैनिकरुपमा संकलन हुने फोहोर फाल्ने गरेको छ । साथै, फोहोरलाई आगो लगाएर जलाउने गर्नाले वातावरण, जीवजन्तुलाई गम्भीर असर परिरहेको वातावरण संरक्षणकर्मीहरुले बताउदै आएका छन् । यस्तै, धरानको पानीको प्रमुख स्रोत रहेको सर्दु जलाधार क्षेत्रलाई दीर्घकालीन संरक्षण गर्नको लागि धरान एकिकृत जलाधार क्षेत्र सरक्षण समिति गठन गरी कार्य अघि बढाउन पनि केन्द्रले माग गरेको छ । धरानको जलाधार क्षेत्रको शिरान र वरीवरीका वडाहरुले डोजर लगाएर जथाभावी सडक निर्माण गरी त्यहाको वोट विरुवा मास्दा जलधारका कुवा पुरिने तथा जीवजन्तुको वासस्थानमा गम्भीर असर पर्न थालेकोप्रति पनि केन्द्रले स्ष्नयिय सरकारको ध्यानाकर्षण गराएको छ । अव उप्रान्त त्यसक्षेत्रमा कुनै पनि भौतिक निर्माण तथा सडक निर्माण गर्नु पर्दा अनिवार्यरुपले वातावरण प्रभाव मुल्यांकन गरेर मात्र काम गर्न गराउन पनि उसले उपमहानगरसंग अनुरोध गरेको छ ।

केन्द्रका पदाधिकारीहरुले भानुचोकस्थित सार्वजनिक शौचालयको अव्यवस्था, भानुचोकदेखि छाताचोकसम्म राखिएको फुलका गमला व्यवस्थित गराउन पनि उपमहानगरको ध्यानकर्षण गराएको थियो । केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठका अनुसार यसअधि गत बैशाकमा पनि तत्कालिन नगर प्रमुख तारा सुब्बालाई यही माग राखेर ज्ञापन पत्र पनि बुझाएको स्मरण गराउदै उपमहानगरले ठोस कदम नचालेमा वातारण वचाऔ भद्र आन्दोलन गर्ने बताए । कार्यवाहक प्रमुख भण्डारीले सबै माग जायज भएको र जगल भित्र आगो लगाउने काम बन्द गराउन २ जना चौकीदारको व्यवस्था गरिसकेको बताइन् । साथै, उनले जलाधार क्षेत्रको सरक्षणमा उपमहानगरपालिका गम्भीर रहेको पनि बताइन् ।

47284431_339822190149771_4737618247707262976_n copy

IMG_4662 copy