विराटनगरः आन्तरिक राजश्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको चार महिनामा करिब दुई अर्ब राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार पहिलो चौमासिकमा एक अर्ब ९५ करोड २६ लाख ५५ हजार राजश्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षमा लक्ष्यको १०९ प्रतिशत र गएको वर्षको तुलनामा १३३ प्रतिशत राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले जानकारी दिए । सङ्कलित राजश्वमा आयकरतर्फ ५० करोड १७ लाख १५ हजार संकलन भएको छ भने मूल्यअभिवृद्धि करतर्फ ४२ करोड ६७ लाख ८८ हजार संकलन भएको छ ।

यस्तै, अन्तःशुल्कतर्फ ९९ करोड १८ लाख ३६ हजार, स्वास्थ्य सेवा करतर्फ दुई करोड ६९ लाख ४८ हजार र शिक्षा सेवा शुल्कतर्फ ५३ लाख ६८ हजार राजश्व संकलन भएको छ । कार्यालयका अनुसार भ्याटमा ७ हजार २ सय ९२, अन्तःशुल्कमा ३ हजार ६ सय ६४, प्यानमा ४२ हजार ८ सय ७३ र पि–प्यान ३६ हजार ९२ व्यावसाय दर्ता रहेको छ । गत वर्ष १ सय ६७ व्यवसायीको दर्ता खारेजी भएको थियो ।