दाङ : लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र वस ठोक्किदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । चितवन गितानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगर बाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको वस ठोक्किएर दुर्घटना भएको हो ।

स्कारपियोमा सवार ८ जना मध्य ६ जनाको मृत्यु भएको छ । २ जना घाइतेको कोहलपुर उपचार भैरहेको जनाएको छ । मृत्यु हुनेमा दुलाहाका बुवा आमा र आफन्त छन् । दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ बर्षिय मानबहादुर केसी, ४५ बर्षिय आमा विमला खत्री, ४९ बर्षिय बिश्वनाथ अधिकारी, ५ बर्षिय प्रविण केसी, ३१ बर्षिय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ बर्षिय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

kapuri accident

दुर्घटनामा ४५ बर्षिय गितादेवि खत्री र चालक २१ बर्षिय यमबहादुर मगर घाइते छन् । दुलहि लिएर अर्को स्कारपियोमा दुलहा थिए । बुवा आमा र आफन्न चढेको स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।