धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीबीच चर्को द्धन्द छ भने संघीय सरकारका स्वास्थ्यमन्त्री र उपकुलपतिबीच पनि समझदारी हुन सकिरहेको छैन ।

यस्तो परिस्थितिमा शुक्रबार दिउँसो प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई बिपी प्रतिष्ठान आए । त्यसैले सञ्चारकर्मीहरु बिपी प्रतिष्ठानको अवस्थाबारे मुख्यमन्त्री राईले केही प्रतिक्रिया आउने अपेक्षासहित पुगेका थिए । गृहजिल्ला भोजपुरको हतुवागढीमा भएको दुर्घटना घाइतेको अवस्था बुझ्न आएका मुख्यमन्त्री राईले बिपी प्रतिष्ठानको अवस्थाबारे केही टिप्पणी वा धारणा दिन मानेनन् ।

IMG_9334 copy

सञ्चारकर्मीहरुले गरेको प्रश्नमा उनले बिपी प्रतिष्ठानबारे सबै बुझ्न र हेर्न पछि आउने प्रतिक्रिया दिए । ‘यहाँको सबै हेर्न र बुझ्नको लागि पछि आउछुँ । यहाँ आएर १, २ घण्टा पनि बस्छु,’मुख्यमन्त्री राईले भने । उनले बिपी प्रतिष्ठानलाई प्रदेश सरकारको मातहतमा ल्याउने सरकारको सोच रहेको पनि बताए । त्यसको लागि औपचारिकरुपमा संघीय सरकारसँग पनि कुरा गर्ने मुख्यमन्त्री राईको भनाई थियो । ‘प्रदेश सरकार मातहत ल्याउने सोच छ, केही गछौ । औपचारिकरुपमा यसबारे संघीय सरकारसँग कुरा गछौ,’मुख्यमन्त्री राईले भने ।