इटहरी : सुनसरीको चतरामा आगामी चैतको अन्तिम साताबाट कुम्भमेला लाग्ने भएको छ ।

चैत २३ गतेदेखी सुरु हुने कुम्भ बैशाख २४ गतेसम्म लाग्ने इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले जानकारी दिए ।

यसअघि पनि २०५९ सालमा कुम्भ, २०६३–६४ मा अर्धकुम्भ, २०७०–७१ सालमा महाकुम्भ लागी सकेको छ ।
धार्मिक भावना कायम राख्न र देशवासीलाई एकतामा जोड्ने उद्देश्यले मेला लगाउन लागिएको जगतगुरु बालसन्तले बताए ।
कुम्भमा विश्वभरका हिन्दु धार्मिक गुरुहरु र भक्तहरु आउने र धार्मिक अनुष्ठान गर्ने जनाएको छ ।