इनरुवा : सुनसरी जिल्ला सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको दमकल बिग्रिएको छ । दमकल बिग्रिएका कारण दमकलले इनरुवा आसपासका क्षेत्रमा हुने गरेको आगलागी नियन्त्रण गर्नका लागि पुर्याउदै आएको सेवा दिन नसक्ने जनाएको छ ।

दमकल बिग्रिएर मर्मत गर्न पठाएकाले मर्मत गरेर नल्याउन्जेलसम्मका लागि आगलागी नियन्त्रणमा दमकलले सेवा दिन नसक्ने इनरुवा नगरपालिकाले जनाएको छ ।

इनरुवा नगरपालिकाको दमकल बिग्रिएका कारण यस बिचमा आगलागीका घट्ना भइहालेमा आसपासको उपमहानगरपालिका र नगरपालिकामा रहेका दमकलको भरपर्नुपर्ने अवस्था सिर्जना भएको छ ।