धरान: २१ औं बुढासुब्बा रेडबुल गोल्डकप आयोजकलाई २ लाख रुपैया सहयोग प्राप्त भएको छ ।

धरानका निरज लिम्बूले आफ्नो स्वर्गीय आमा, दाजु भाईको स्मृतिमा गोल्डकप आयोजक धरान फुटबल क्लबलाई आर्थिक सहयोग गरेका हुन् । बिहिबार धरान रंगशालामा गोल्डकपबारे आयोजित पत्रकार सम्मेलनमा लिम्बूले चेक हस्तान्तण गरेका थिए । उनले क्लबका अध्यक्ष किसोर राईलाई नगद २ लाख बराबरको चेक पत्रकार सम्मेलनमा प्रदान गरे ।

निरजले आफ्नी स्वर्गीय आमा चन्द्रमाया, जेठा दाई टेकप्रसाद र माइला दाई बुद्धप्रसाद लिम्बूको स्मृतिमा क्लबलाई सहयोग गरेका हुन् । क्लबका महासचिव प्रताप तामाङका अनुसार यो सहयोग प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने डियो स्कुटर र एक जना भाग्यशाली दर्शकलाई दिइने होण्डा नाभीमा खर्च हुनेछ । धरानमा होण्डाका बिक्रेता देव ट्रेडर्सले गोल्डकप आयोजकलाई डियो स्कुटर ४० प्रतिशत छुटमा र नाभीमा २५ प्रतिशत छुट दिनेछ । बाँकी तिर्नुपर्ने रकम यही आर्थिक सहयोगबाट तिरिने महासचिव तामाङले बताए ।

IMG_20190207_105751 IMG_20190207_105736