धरान: बर्षाको कारणले आजदेखि शुरु हुने भनिएको २१ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप सरेको छ ।

निरन्तर बर्षा भइरहेको कारण आयोजक धरान फुटबल क्लबले आजको उद्घाटन कार्यक्रम स्थगित गर्दै भोलीलाई सारेको हो । ‘सबै तयारी थियो, तर बर्षाको कारण आजको उद्घाटन कार्यक्रम र खेल स्थगित गर्यौ,’क्लबका अध्यक्ष किसोर राईले भने,‘भोली समयमा नै आयोजना हुन्छ ।’ बर्षाले धरान १६ स्थित रंगशालामा पानी जमिएको कारणले खेल हुदा मैदानको स्वरुप बिग्रने भएपछि क्लबको आकस्मिक बैठक बसेर खेल स्थगित गरेको हो ।

Ruslan Ad

 

प्रतियोगिताको उद्घाटन भोली राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टको प्रमुख आतिथ्यमा नै हुनेछ । आज उद्घाटन खेल संकटा क्लब काठमाण्डौ र मेची नेत्रालय केएफटिसि, झापाबीच हुने तालिका थियो । अब दुवै टोलीको खेल एक दिन पछि(आइतबार)लाई सरेको छ ।

51668593_295841604414037_96 51730820_233443297606802_89 51931730_2286799634977849_7